Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

कांग्रेसले नयाँ सदस्यता वितरणका लागि ७७ जिल्लामै खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)

कांग्रेसले नयाँ सदस्यता वितरणका लागि ७७ जिल्लामै खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)

बुधवार , आषाढ १०, २०८३

काठमाडौं। नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। 

पार्टीको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ सदस्य वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाइएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। 

दुलालका अनुसारकांग्रेसले यसपटकको सदस्यता वितरणमा विशेषगरी ३५ वर्षमुनिका युवाको अधिकतम सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन प्रतिनिधि तोकिएको हो।

तोकिएका केन्द्रीय प्रतिनिधिहरूले असार २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्न पार्टीले निर्देशन दिएको छ ।

aa.jpg

bb.jpg

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077