Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

नेपाल प्रहरीका पूर्वडीआईजी अर्जुन चन्दको निधन

नेपाल प्रहरीका पूर्वडीआईजी अर्जुन चन्दको निधन

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दको उपचारका क्रममा निधन भएको छ ।

ललितपुर–१८ नख्खु सिर्जनामार्ग निवासी चन्दको बुधबार बिहान मेडिसिटी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार चन्द यही असार ५ गते एक्कासि भुइँमा लडेर घाइते भएका थिए । तत्काल उनलाई मेडिसिटी अस्पताल पुर्‍याई उपचार गरिएको थियो।

प्रारम्भिक उपचारपछि सोही दिन डिस्चार्ज गरिए पनि स्वास्थ्यमा पुनः समस्या देखिएपछि असार १० गते उनलाई फेरि मेडिसिटी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो।

उपचारकै क्रममा बुधबार बिहान ६ः५५ बजे उनको निधन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077