Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

घरेलु समर्थकमाझ मेक्सिकोको शानदार जित, इक्वेडरलाई हराउँदै अन्तिम–१६ मा प्रवेश

घरेलु समर्थकमाझ मेक्सिकोको शानदार जित, इक्वेडरलाई हराउँदै अन्तिम–१६ मा प्रवेश

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । सह–आयोजक मेक्सिकोले फिफा विश्वकप–२०२६ मा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै अन्तिम–१६ (प्रि–क्वाटरफाइनल) मा स्थान सुरक्षित गरेको छ ।

राउन्ड अफ–३२ अन्तर्गत भर्खरै सम्पन्न खेलमा मेक्सिकोले इक्वेडरलाई २–० गोलअन्तरले पराजित गर्दै विश्वकपको नकआउट चरणमा आफ्नो यात्रा अघि बढाएको हो ।

मेक्सिको सिटी स्टेडियममा घरेलु समर्थकमाझ भएको खेलमा मेक्सिकोका लागि युलियन क्वीन्योनेस र राउल जिमिनेजले पहिलो हाफमै गोल गरे । 

दोस्रो हाफमा दुवै टोलीले थप गोलका लागि निरन्तर प्रयास गरे पनि कुनै पनि अवसरलाई सदुपयोग गर्न सकेनन् । 
यस हारसँगै इक्वेडरको विश्वकप–२०२६ यात्रा राउन्ड अफ–३२ मै समाप्त भएको छ ।

अब मेक्सिकोले क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम–१६ मा इंग्ल्यान्ड र डीआर कंगोबीच हुने प्रतिस्पर्धाको विजेतासँग खेल्नेछ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077