Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

ब्राजिलको नाटकीय जित, जापान विश्वकपबाट बाहिरियो

ब्राजिलको नाटकीय जित, जापान विश्वकपबाट बाहिरियो

मंगलवार , आषाढ १६, २०८३

काठमाडौं । इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले निर्णायक गोल गरेपछि ब्राजिलले जापानलाई २–१ ले पराजित गर्दै फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

नकआउट चरणअन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ जापानको पक्षमा रह्यो। खेलको २९औँ मिनेटमा काइसु सानोले गोल गर्दै जापानलाई १–० को अग्रता दिलाएका थिए। उक्त गोलसँगै ब्राजिल दबाबमा परेको थियो।

दोस्रो हाफमा भने ब्राजिलले उत्कृष्ट पुनरागमन गर्‍यो। ५५औँ मिनेटमा क्यासिमिरोले बराबरी गोल गर्दै खेललाई १–१ को अवस्थामा पुर्‍याए। त्यसपछि दुवै टोलीले जितका लागि निरन्तर आक्रमण गरे पनि निर्धारित ९० मिनेटसम्म थप गोल हुन सकेन।

खेल अतिरिक्त समयमा जाने संकेत देखिइरहेका बेला इन्जुरी समयको ९६औँ मिनेटमा ग्याब्रिएल मार्टिनेली नायक बने। उनले गरेको निर्णायक गोलसँगै ब्राजिलले २–१ को रोमाञ्चक जित निकाल्दै अन्तिम आठ ९क्वार्टरफाइनल० मा स्थान बनायो।

यस हारसँगै जापानको विश्वकप नकआउट चरण पार गर्ने सपना फेरि अधुरै रह्यो। विश्वकप इतिहासमा जापानले अहिलेसम्म नकआउट चरण पार गर्न सकेको छैन ।

यता, कठिन चुनौती पार गर्दै ब्राजिलले उपाधि यात्रालाई निरन्तरता दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077