बुटवल । कपिलवस्तुमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते भएका छन् ।
महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।
सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालकसहित २२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।
उनीहरूलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ ।
बसमा चालकसहित ४६ जना यात्रु सवार रहेका थिए ।