काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएको छ ।
परिषद्को सामान्य प्रशासन महाशाखाले सार्वजनिक सूचना जारी गर्दै कर्मचारी प्रशासन विनियमावली, २०८२ को विनियम ९५ (१)(छ) बमोजिम उनीहरूलाई अनुपस्थित रहेको मितिदेखि नै लागू हुने गरी सेवाबाट हटाउने निर्णय गरिएको जनाएको हो।
सेवाबाट हटाइएका कर्मचारीमध्ये पार्वती जोशी कृषि अनुसन्धान निर्देशनालय, कोशी प्रदेशमा कार्यरत थिइन्। त्यसैगरी नमिता भट्टराई राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्रमा कार्यरत रहेकी थिइन् ।
नार्कका अनुसार लामो समयसम्म कार्यालयमा हाजिर नभई सेवाबाट सम्पर्कविहीन रहेका कारण प्रचलित कर्मचारी प्रशासन विनियमावलीअनुसार दुवै कर्मचारीमाथि सेवाबाट हटाउने कारबाही गरिएको हो।