Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

स्वीडेनलाई हराउँदै फ्रान्स अन्तिम १६ मा, एम्बाप्पेले गरे २ गोल

स्वीडेनलाई हराउँदै फ्रान्स अन्तिम १६ मा, एम्बाप्पेले गरे २ गोल

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । साविक उपविजेता फ्रान्सले फिफा विश्वकप–२०२६ अन्तर्गत अन्तिम–३२ को खेलमा स्विडेनलाई ३–० ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रंगशालामा भर्खरै सम्पन्न खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पे नायक बने। उनले दुई गोल गर्दै टोलीलाई सहज जित दिलाए भने ब्राडली बारकोलाले एक गोल थपे।

पहिलो हाफको इन्जुरी समयअघि ४५औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। त्यसपछि ५३औँ मिनेटमा बारकोलाले उत्कृष्ट फिनिसिङ गर्दै अग्रता दोब्बर बनाए।

खेलको ७४औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको ३–० को प्रभावशाली जित सुनिश्चित गरे।

यस जितसँगै फ्रान्स विश्वकप–२०२६ को अन्तिम–१६ मा प्रवेश गर्ने अर्को टोली बनेको छ।

यो खेलमा दुई गोल गरेसँगै एम्बाप्पेले फिफा विश्वकप २०२६ मा सर्वाधिक गोल गर्ने सूचीमा लियोनल मेसीसँग बराबरी गरेका छन्, जहाँ दुवैको समान ६ गोल पुगेको छ ।

एम्बाप्पेले अहिलेसम्म विश्वकपमा १८ खेल खेल्दै १८ नै गोल गरिसकेका छन् । यससँगै उनले विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा जर्मनीका मिरोस्लाभ क्लोजलाई पछि पार्दै दोस्रो स्थानमा कब्जा जमाएका छन् ।

विश्वकपमा प्रतिखेल १ गोलको औषत राखेका एम्बाप्पे अब सर्वाधिक १९ गोल गरेका मेसीभन्दा मात्र १ गोलले पछि छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077