Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

आइभरी कोस्टलाई हराउँदै नर्वे विश्वकपको अन्तिम–१६ मा

आइभरी कोस्टलाई हराउँदै नर्वे विश्वकपको अन्तिम–१६ मा

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । एर्लिङ हालान्डको प्रेरणादायी प्रदर्शनमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप–२०२६ को प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

अमेरिकाको डलास स्टेडियममा गएराति सम्पन्न अन्तिम–३२ को प्रतिस्पर्धामा नर्वेले उत्कृष्ट खेल प्रदर्शन गर्दै अफ्रिकी टोली आइभरी कोस्टलाई पन्छाएको हो।

नर्वेको जितमा स्टार फरवार्ड एर्लिङ हालान्डले ३९औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। खेलको ८६औँ मिनेटमा एन्टोनियो नुसाले निर्णायक गोल गर्दै नर्वेको जित सुनिश्चित गरे।

आइभरी कोस्टका लागि ७४औँ मिनेटमा अमाद डियालोले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

यस जितसँगै चौथोपटक विश्वकप खेलेको नर्वे तेस्रोपटक अन्तिम–१६ मा पुगेको छ। यसअघि नर्वे सन् १९३८ र १९९८ मा पनि प्रिक्वार्टरफाइनलसम्म पुगेको थियो तर दुवै संस्करणमा त्यही चरणबाट बाहिरिएको थियो।

सन् १९९४ को विश्वकपमा भने नर्वे समूह चरणबाटै बाहिरिएको थियो। अब क्वार्टरफाइनलमा स्थान बनाउन नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिलको चुनौती सामना गर्नेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077