Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

देवरको खुकुरी प्रहारबाट भाउजूको हत्या, शव शौचालयनजिक भेटियो

देवरको खुकुरी प्रहारबाट भाउजूको हत्या, शव शौचालयनजिक भेटियो

सोमवार , आषाढ २२, २०८३

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा देवरले खुकुरी प्रहार गरेर आफ्नै भाउजूको हत्या गरेका छन्।

सोमबार राति ग्रामथान–६ झोवावनीमा २० वर्षीया सीमा राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार मृतक सीमा स्थानीय कपिल खवासकी पत्नी हुन्।

प्रारम्भिक अनुसन्धानबाट २१ वर्षीय देवर सौचन राजवंशीले घाँटीमा खुकुरी प्रहार गरेर उनको हत्या गरेको खुलेको छ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट सीमाको घटनास्थलमै मृत्यु भएको थियो।

हत्या गरेपछि शवलाई घरको आँगनबाट घिसारेर शौचालयनजिक फालिएको अवस्थामा फेला पारिएको हो। घटनास्थल रगतले लतपत रहेको प्रहरीले जनाएको छ।

घटनाका क्रममा देवर–भाउजूबीच भएको विवाद छुट्याउन पुगेका सौचनका ठूलोबुवा शिवलाल खवास पनि घाइते भएका छन्। उनको दाहिने कुममा खुकुरीले गहिरो चोट लागेको प्रहरीले जनाएको छ।

हाल नेता चोकस्थित एक स्थानीय मेडिकलमा उनको उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको छ।

हत्यापछि फरार हुन खोजेका आरोपी सौचनलाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान भइरहेको छ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको छ।

मृतकका पति कपिल खवास भने घटनाका बेला काठमाडौंमा रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077