काठमाडौं । अर्थ मन्त्रालयले मातहतका दुई महत्वपूर्ण निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभागमा नयाँ नेतृत्व नियुक्त गरेको छ।
मन्त्रालयले भन्सार विभागको महानिर्देशकमा यमलाल भुषाल र आन्तरिक राजस्व विभागको महानिर्देशकमा डा. भीष्मकुमार भुषाललाई जिम्मेवारी दिएको हो। दुवै विभागमा महानिर्देशक पद केही समयदेखि रिक्त रहेको थियो।
यस्तै, भन्सार विभागको उपमहानिर्देशकमा प्रेमप्रसाद आचार्यको सरुवा गरिएको छ।
महत्वपूर्ण जिम्मेवारी पाएका तीनै जना सहसचिव अर्थ मन्त्रालयबाहिर कार्यरत रहेकामा हाल सरुवा भएर मन्त्रालयमा आएका अधिकारी हुन्।