Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

रास्वपासँगको निकटताबारे बाबुरामको जवाफ– विकास र समृद्धिको एजेन्डा साकार पार्न सहयोग गरेको हुँ

रास्वपासँगको निकटताबारे बाबुरामको जवाफ– विकास र समृद्धिको एजेन्डा साकार पार्न सहयोग गरेको हुँ

'कांग्रेस, एमाले, नेकपालगायत सबै दलहरु पनि सहयोग गर्नुस्'

सोमवार , आषाढ २२, २०८३

काठमाडौं। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुराना पुस्ताको ज्ञान र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्दै मुलुकको विकासमा  सहकार्य गर्नुपर्ने बताएका छन्।

पूर्वराज्यमन्त्री एवं उद्योगपति हरिप्रसाद पाण्डेद्वारा लिखित पुस्तकको सोमबार काठमाडौँमा आयोजित विमोचन कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्। 

पुरानो पुस्ताको अनुभव र नयाँ पुस्तासँग रहेको विज्ञान तथा प्रविधिमा आधारित ज्ञान सीपलाई देशको स्रोत–साधनसँग जोडेर प्रभावकारी रूपमा उपयोग गर्न सके मात्रै समृद्धि सम्भव हुने उनको भनाई छ ।

उनले भने- 'केहीले यसले रास्वपासँग के खोज्न लाग्यो भन्ने गर्नुभएको छ । मैले हिजो ५० वर्षदेखि जे भन्दै आएको छु, त्यही खोज्न लागेको हो । विकास र समृद्धि अब ल्याउनुपर्छ । हाम्रो पुस्ताले उहाँहरूलाई सहयोग गर्नुपर्छ । हामीसँग भएको ज्ञान र सीप हस्तान्तरण गर्नुपर्छ र उहाँहरूसँग भएको प्रविधिमा आधारित जुन ज्ञान र सीप छ, त्यसको आधारमा मुलुकमा उपलब्ध स्रोत र साधनको ठिक ढङ्गले प्रयोग गरेर देशलाई समृद्ध बनाएर लग्नुपर्छ । हामीले यो पार्टी, त्यो पार्टी नभनी सहयोग गर्नुपर्छ।' 

भट्टराईले पछिल्लो समय आफू राष्ट्रिय स्वतन्त्र पार्टीसँग किन निकट भएको भन्ने प्रश्न उठ्ने गरेको उल्लेख गर्दै आफूले पाँच दशकदेखि उठाउँदै आएको विकास र समृद्धिको एजेन्डालाई साकार पार्न सहयोग गरिरहेको स्पष्ट पारे ।। 

साथै उनले नयाँ दल रास्वपाले आफ्नो वाचा पत्रमा उठाएका देश विकासका कुरालाई राष्ट्रिय नीति बनाउनुपर्ने र यसमा कांग्रेस, एमाले, नेकपालगायत सबै दलले सहयोग गर्नुपर्ने विचार पनि व्यक्त गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077