Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रामराज्य ल्याइदिउँ भन्ने चाहना सबैको हुन्छ, तर भन्नेबित्तिकै सबै सम्भव हुँदैन: बाबुराम भट्टराई

रामराज्य ल्याइदिउँ भन्ने चाहना सबैको हुन्छ, तर भन्नेबित्तिकै सबै सम्भव हुँदैन: बाबुराम भट्टराई

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिमा दृश्य र अदृश्य शक्तिहरू सक्रिय रहने भएकाले इच्छाअनुसार सबै काम गर्न नसकिने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित जेनजी अगुवाहरूसँगको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

भट्टराईले भने- 'रामराज्य ल्याइदिउँ भन्ने चाहना त सबैको हुन्छ, तर भन्नेबित्तिकै त्यो सम्भव हुँदैन। हात्तीलाई कुस्ती खेलेर होइन, जुक्तिले नियन्त्रण गर्नुपर्छ। अब यो अपुरो संविधानलाई पूरा गर्ने काम जेनजीको हो।'

अबको लोकतन्त्र केवल भोट हाल्ने प्रणाली नभई समावेशी र सहभागीयुक्त हुनुपर्ने उनको भनाइ छ ।

पहिलो चरणको संविधान लेखन विफल भएको र दोस्रो चरणका संविधान लेखनमा आफ्नो पार्टीको शक्ति कमजोर भएकाले संविधान अपुरो भएको उनको भनाइ थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077