Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अभिभावकीय भूमिकामै रहने भन्दै बाबुरामले लिए उम्मेदवारी फिर्ता

अभिभावकीय भूमिकामै रहने भन्दै बाबुरामले लिए उम्मेदवारी फिर्ता

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा-२ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन्।

नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपाने, नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी र नेकपा एमालेका मिलन गुरुङ (चक्रे) ले टेलिफोनमार्फत उम्मदवारी फिर्ता लिएर अभिभावकीय भूमिका खेल्न आग्रह गरेपछि भिडियो सन्देशमार्फत शुक्रबार डा.भट्टराईले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।

भट्टराईले भिडियो सन्देशमा भने- 'मसँग नयाँ पुराना दलका साथीहरू तपाईँ साझा व्यक्तिको रूपमा रहनु उपयुक्त हुन्छ, सांसद वा दल विशेषको मात्र रहँदा तपाईँको भूमिका संकुचित रहन सक्छ, देशमा तरल अवस्था छ। त्यसैले चुनावी प्रतिस्पर्धामा लाग्नुभन्दा राजनीतिक दलहरूलाई, भोलि बन्ने सरकारलाई विभिन्न सल्लाह सुझाव दिएर भूमिका निर्वाह गर्दा नै उपयुक्त भन्ने दल, उम्मेदवार साथीहरूको आग्रह रह्यो। त्यसकारण दलहरूलाई सघाउनु र अभिभावकीय भूमिकामा नै रहनु उपयुक्त हुन्छ ठानेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छु।'

उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए। गोरखा-२ बाट भट्टराई यसअघि निर्वाचित भइसकेका उम्मेदवार हुन्

उनले आफूले उम्मेदवारी फिर्ता लिएर कसलाई समर्थन गर्ने भन्नेबारे भने खुलाएका छैनन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077