काठमाडौं । पूर्वप्रधानमन्त्री एवम प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) का संरक्षक डा.बाबुराम भट्टराईलाई पितृशोक परेको छ।
भट्टराई सचिवालयका अनुसार बाबुरामका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा निधन भएको हो ।
केही दिनयता स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई उपचारका लागि बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।सोही अस्पतालमा उपचारकै क्रममा आज बिहान ८:१५ बजे उनको निधन भएको ।
उनको शव केहीबेरमा पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिने जनाएको छ ।