काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २८ वटा केन्द्रीय विभागहरू बनाएको छ।
चितवनमा भएको रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानमा २८ विभाग रहने उल्लेख छ ।
जस अन्तर्गत सांगठानिक तथा परिचालन विभागहरू १२ वटा र सार्वजनिक नीति तथा विषयगततर्फ १६ वटा विभाग रहेका छन् ।
सांगठनिक तथा परिचालन विभागहरूमा नीति तथा विचार, संगठन, प्रशिक्षण, अभियान तथा प्रचारप्रसार, र्याटलगायत छन्।
यस्तै सार्वजनिक नीति तथा विषयगत विभागहरूमा सुशासन तथा राज्य व्यवस्था विभाग, अर्थ, पूर्वाधार जनस्वास्थ्यलगायत छन्। नयाँ विधानअनुसार बनाइएको विभागमा मनोनीत गर्न भने बाँकी छ।
