Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

जगदीश खरेलले पनि महामन्त्रीबाट फिर्ता लिए उम्मेदवारी

जगदीश खरेलले पनि महामन्त्रीबाट फिर्ता लिए उम्मेदवारी

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीका लागि उम्मेदवारी दिएका जगदीश खरेलले उम्मेदवारी फिर्ता लिएका छन्। 

उनले सामाजिक सञ्जालमार्फत सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको दाबीबाट पछि हटेको जानकारी गराएका हुन् ।

केन्द्रीय सदस्य निर्वाचित भएसँगै उनले महामन्त्रीमा उम्मेदवारी दिएका थिए।

खरेलले सामाजिक फेसबुकमा लेखेका छन्- 'सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको छु। लामो बाटो तय गर्नुछ।'

यसअघि शिशिर खनालले पनि महामन्त्री पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका थिए। यस्तै विराजभक्त श्रेष्ठले उपसभापतिबाट उम्मेदवारी फिर्ता लिएपछि डा. स्वर्णिम वाग्ले सर्वसम्मत उपसभापतिमा निर्वाचित भएका छन्। 

रास्वपाको पहिलो महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा जारी छ ।

पहिलो चरणको निर्वाचनको परिणाम सार्वजनिक भएपछि बाँकी पदाधिकारी चयनका लागि दोस्रो चरणको लागि आज मतदान हुँदैछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077