Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आयोगले सोध्यो रास्वपाका उम्मेदवार जगदीश खरेललाई तीनदिने स्पष्टीकरण

निर्वाचन आयोगले सोध्यो रास्वपाका उम्मेदवार जगदीश खरेललाई तीनदिने स्पष्टीकरण

बिहिवार , माघ ८, २०८२

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा उम्मेदवार जगदीश खरेललाई आचारसंहिता उल्लङ्घनको सम्बन्धमा स्पष्टीकरण सोधेको छ।

आयोगले दोलखाबाट उम्मेदवार बनेका खरेललाई बिहीबार तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। निर्वाचन आचारसंहिता, २०८२ र प्रचलित कानून उल्लङ्घनको शङ्का लाग्ने कार्यको कारण कानुन अधिकृत मोहनराज जोशीले खरेललाई पत्रमार्फत प्रश्न गरेका छन्।

पत्रमा उल्लेख छ कि खरेलले दलको झण्डा प्रयोग गरी २५ भन्दा बढीको जुलुससहित मनोनयन गरेको वा नगरेको स्पष्ट पार्नुपर्नेछ।

आयोगले पत्रमा भनेको छ, 'उल्लिखित सन्दर्भमा यहाँले आचारसंहिताका खण्डहरुको व्यवस्थाको प्रतिकूल हुने गरी दलको झण्डाको प्रयोग र २५ जनाभन्दा बढीको जुलुस लिएर मनोनयन गरेको हो वा होइन ? यदि उक्त कार्य गर्नु भएको हो भने, तपाईंलाई किन निर्वाचन आचारसंहिता, २०८२ र प्रचलित कानून अनुसार कारबाही गर्नु नपर्ने हो ?'

आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ र आयोगले उम्मेदवारहरूको आचारसंहिता पालनामा कडा निगरानी राख्ने जनाएको छ।

618372750_760040903807032_5819520482874952471_n

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077