Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले भन्यो - कांग्रेस विवादले फागुन २१ को निर्वाचन यताउता हुँदैन

सरकारले भन्यो - कांग्रेस विवादले फागुन २१ को निर्वाचन यताउता हुँदैन

शुक्रवार , माघ २, २०८२

काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते तय भएको निर्वाचन कुनै हालतमा नसर्ने स्पष्ट पारेका छन् ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका कारण निर्वाचन वा उम्मेदवारी मनोनयनको मिति सर्ने हो कि भन्ने आशंका निराधार रहेको बताएका हुन् ।

'फागुन २१ मा निर्वाचनको मिति तोकिएको छ। त्योभन्दा यताउता हुँदैन। सरकार त्यही तयारीमा छ,' मन्त्री खरेलले भने, 'निर्वाचन गर्ने र गराउने जिम्मेवारी सरकारको मात्रै होइन। निर्वाचन आयोगको हो, राजनीतिक दलको हो र अन्य सरोकारवालाको पनि हो। चुनाव सर्दैन।'

उनले निर्वाचनसँग सम्बन्धित प्राविधिक तथा कानुनी विषय निर्वाचन आयोगको अधिकारक्षेत्रभित्र पर्ने उल्लेख गर्दै ती विषयमा आयोगकै निर्णय कुर्नुपर्ने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077