Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

आज एउटै मञ्चमा देखिँदै ओली, प्रचण्ड र नेपाल

आज एउटै मञ्चमा देखिँदै ओली, प्रचण्ड र नेपाल

आइतवार , आषाढ १४, २०८३

काठमाडौं । नेपालको कम्युनिस्ट राजनीतिका प्रमुख नेताहरू आज एउटै मञ्चमा देखिने भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव कुमार नेपाल मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित विशेष कार्यक्रममा सहभागी हुने भएका हुन् ।

मदन भण्डारी फाउन्डेसनले असार १४ गते काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा उनीहरू एउटै मञ्च साझा गर्न लागेका हुन्।

कार्यक्रमको प्रमुख आतिथ्यता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको छ। गोष्ठीमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको पनि सहभागिता रहनेछ।

पछिल्लो समय फरक–फरक राजनीतिक धारमा रहेका कम्युनिस्ट नेताहरू एउटै कार्यक्रममा उपस्थित हुन लागेकाले यसलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077