Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भए केपी ओली

निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भए केपी ओली

बुधवार , जेठ २०, २०८३

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएयता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक सार्वजनिक कार्यक्रममार्फत पार्टी गतिविधिमा देखिएका छन्। 

नेकपा एमालेले पार्टीको सदस्यता नवीकरण, विस्तार तथा संगठनात्मक सुदृढीकरणलाई केन्द्रमा राखेर यही जेठ २० र २१ गतेदेखि दुई दिने राष्ट्रिय कार्यशाला आयोजना गरेको छ।

उक्त कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली सहभागी भएका हुन् । कार्यक्रम ​काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आज देखि सुरु भएको हो ।

उक्त दुई दिने राष्ट्रिय कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष ओलीले गरेका छन् ।

3.jpg

कार्यशालामा सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी छन् ।

साथै पार्टीका प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू, जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू उपस्थित छन् ।

wmremove-transformed (10).jpeg

प्रतिनिधिसभाको चुनावमा पराजित भएपछि ओली सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् । बालेन शाह नेतृत्वको सरकार गठनको भोलिपल्टै पक्राउ परेका थिए । रिहा भएपछि पत्थरी अपरेसन गरेर ओली घरमै आराम गरिरहेका थिए ।

पार्टीका सचिवालय बैठक र नेताहरूसँग भने निवासमै निरन्तर छलफल गरिरहेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077