काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमाथि कडा टिप्पणी गर्दै यो सरकार ‘चटकका भरमा बनेको’ र ‘चटककै भरमा समाप्त हुने’ दाबी गरेका छन् ।
शनिबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार आफैंभित्रका कारणले टिक्न नसक्ने दाबी गरे।
उनले कसैले सरकार ढाल्न नपरे पनि सरकारभित्रै रहेका तत्वहरूले अन्ततः त्यसलाई ढाल्ने जिकिर गरे।
'अहिलेको सरकार कसैले नढाले पनि ढाल्ने तत्वहरू त्यहाँ उभिएका हुन्छन्, ढल्छ, जान्छ । अझ यो चटकका भरमा आएको, चटककै भरमा जान्छ,' ओलीले भने।
यद्यपि सरकार आफैं ढल्ने प्रतीक्षामा बस्नु उचित नहुने उनको भनाइ थियो।