Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बालेनलाई जथाभावी नबोल्न चेतावनी दिंदै ओलीले भने-नेपालले कसैको भूमि मिचेको छैन

बालेनलाई जथाभावी नबोल्न चेतावनी दिंदै ओलीले भने-नेपालले कसैको भूमि मिचेको छैन

बुधवार , जेठ २०, २०८३

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जथाभावी नबोल्न प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लाई चेतावनी दिएका छन् ।

बुधबारदेखि काठमाडौंमा शुरू भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा ओलीले प्रधानमन्त्री बालेनलाई जथाभावी नबोल्न चेतावनी दिएका हुन्।

गत जेठ १७ गते संघीय संसद्को प्रतिनिधिसभामा उभिएर प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको भूमि मिचेको छ भनेर दिएको अभिव्यक्ति देशद्रोही र राष्ट्रघाती भएको ओलीले बताए ।

उनले भने–‘नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन। बालेनले कसको हितमा बोले त्यो कुरा ? बालेनले देशद्रोही अभिव्यक्ति दिए । यो भन्दा देशको हितविपरीतको कुरा के हुन्छ ? म चेतावनी दिन चाहन्छु, प्रधानमन्त्री जस्तो मान्छे जथाभावी बोल्दै, केटाकेटी जस्तो व्यवहार गर्दै नहिँडून ।’

बालेनले संसद्नको नियमवालीसमेत पालना नगरी अचानक आएर बोल्छु भन्दै राष्ट्रघाती कुरा गरेको पनि ओलीले बताए । उनले बालेनको त्यो हर्कत कुनै हालतमा मान्य नहुने पनि बताए ।

बालेनले भारतसँगको सीमा विवादमा बेलायत सरकारलाई तेस्रो पक्षका रुपमा खबर गरिएको विषयमा पनि ओलीले त्यसको कडा विरोध गरे । अध्यक्ष ओलीले अरु देशलाई आफ्नो सीमा विवादमा जोड्न जरुरी नभएको पनि स्पष्ट पारे । 

बालेनले देशहितविपरीत बोलेको कुरालाई समर्थन गर्नेहरूलाई पनि मासुभातको संज्ञा दिए ।

उनले भने–हामीलाई केही समय अघिसम्म मासुभात भन्दै सार्वजनिक रुपमा बेइज्जती र अपमान गरिन्थ्यो । तर अहिले बालेनले राष्ट्रघाती कुरा गर्दा पनि त्यसलाई भासुभातभन्दा चर्को शैलीमा समर्थन गरिँदैछ । यो त मासुभात पनि माथ खुवाउने शैली भयो ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077