Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

संघीयता कसैको दया वा कृपाबाट आएको होइन, खारेज गर्न खोजे सडकबाट प्रतिवाद गर्छौँ : उपेन्द्र यादव

संघीयता कसैको दया वा कृपाबाट आएको होइन, खारेज गर्न खोजे सडकबाट प्रतिवाद गर्छौँ : उपेन्द्र यादव

शनिवार , आषाढ १३, २०८३

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता पुनरावलोकन वा प्रदेश सभा खारेज गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र, प्रदेश व्यवस्था र समावेशितामाथि हुने कुनै पनि हस्तक्षेपको सशक्त प्रतिवाद गर्ने घोषणा गरेका छन्।

शनिबार जनकपुरधाममा जसपा नेपालले मधेश प्रदेशबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरूसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट पारित संघीयता पुनर्संरचना तथा प्रदेश सभा खारेजसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न खोजिए मधेशी जनता सडकमा उत्रिने बताए।

‘देशमा संघीयता कसैको दया वा कृपाबाट आएको होइन। यो सयौँ मधेशी जनताको बलिदानबाट प्राप्त उपलब्धि हो। यसमा कसैले छेडछाड गर्न खोजे जसपा मात्रै होइन, सम्पूर्ण मधेशी जनता सडकमा उत्रिएर प्रतिवाद गर्नेछन्,’ यादवले भने।

उनले संघीयताको रक्षा गर्न आवश्यक परे फेरि आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गर्दै त्यसका लागि तयार रहन मधेशी जनतालाई आह्वान गरे। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077