Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जेनजी आन्दोलन दबाउन खोज्दा देश गम्भीर मोडमा पुग्यो : उपेन्द्र यादव

जेनजी आन्दोलन दबाउन खोज्दा देश गम्भीर मोडमा पुग्यो : उपेन्द्र यादव

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले जेनजी आन्दोलनलाई बलपूर्वक दबाउन खोज्दा देश गम्भीर मोडमा पुगेको बताएका छन् ।

जसपाको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष यादवले यस्तो निष्कर्ष प्रस्तुत गरेका हुन् ।

१२ पृष्ठ लामो र २२ बुँदे प्रतिवेदनमा अध्यक्ष यादवले वर्तमान सरकारको कूटनीतिक असफलता, लोकतान्त्रिक मूल्यको ह्रास र जनआकांक्षाको बेवास्ताले मुलुकलाई संकटतर्फ धकेलेको बताए ।

उनको भने, 'लोकतन्त्रको स्थान पुँजीतन्त्र, दलतन्त्र, नेतातन्त्र र गुटतन्त्रले लिन थालेपछि मुलुकको अवस्था झन् जटिल, दिशाहीन र अन्योलपूर्ण बनेको छ।'

उनले केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धनले नेपालको भूराजनीतिक संवेदनशीलतालाई बुझ्न नसक्नु नै कूटनीतिक असफलता भएको आरोप लगाए।

जेनजी आन्दोलनको सन्दर्भमा अध्यक्ष यादवले आन्दोलनरत युवाहरूको न्यायोचित मागलाई सम्बोधन गर्नुभन्दा सरकारले शक्ति प्रदर्शनमार्फत दमनको बाटो रोजेको आरोप लगाए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077