Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

'संसारमा कहीँ नभएको जात्रा मधेसमा'

'संसारमा कहीँ नभएको जात्रा मधेसमा'

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मधेश प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई लोकतन्त्र र गणतन्त्रकै उपहास भएको बताएका छन् ।

सोमबार झिसमिसेमै अघिल्लो दिनको मिछि राखेर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश राजधानी जनकपुरधाम बाहिर सिन्धुलीको एक होटेलमा नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएएपछि मधेशमा राजनीतिक तरङ्ग नै पैदा भएको छ ।

भण्डारी र यादवको उक्त कार्यविरुद्ध नेकपा एमालेभित्रै चर्को विरोध सुरु भएको छ भने मधेशका सात राजनीतिक दलले विरोधमा उत्रिएर तोडफोड समेत गरिसकेका छन् ।

अध्यक्ष यादवले एक अनलाइसँगको अन्तर्वार्तामा प्रदेश प्रमुखको हर्क अत्यन्तै हाँस्यास्पद र दुर्भाग्यपूर्ण घटना भएको बताउँदै सारमा कहीँ नभएको जात्रा मधेसमा देखाइयो आरोप लगाएका छन् ।

यसमा नेकपा एमाले पूर्ण रूपमा जिम्मेवार रहेको बताएका उनले भनेका छन्–‘अहिले देश बर्बाद हुनुको पछाडि नेकपा एमालेको यही हर्कत जिम्मेवार छ । उहाँहरूले अझै पनि चेतेको देखिँदैन । हामीले त अब त चेत्नुभयो होला भन्ने सोचेका थियौँ, तर उहाँहरू कहिल्यै नसुध्रिने देखियो । यो सम्पूर्ण घटनाको मुख्य योजनाकार र जिम्मेवार नेकपा एमाले नै हो ।’

मधेस प्रदेशमा मध्यरातमा भएको पछिल्लो राजनीतिक घटनाक्रमलाई तपाईंले कसरी हेर्नुभएको छ ? भन्ने प्रश्नमा यादवले भनेका छन्–‘यो अत्यन्तै हाँस्यास्पद र दुर्भाग्यपूर्ण घटना हो । मध्यरातमा मुख्यमन्त्री नियुक्ति गर्ने, शपथ गराउने ! त्यो पनि प्रदेशको राजधानी जनकपुर छोडेर, जहाँ प्रदेश प्रमुखको कार्यालय र निवास छ, त्यो सबै छोडेर बर्दिबासको एउटा बारमा गएर यो सबै गर्नुले के संकेत गर्छ ? योभन्दा हाँस्यास्पद कुरा के हुन सक्छ ? संसारमा कहीँ नभएको जात्रा मधेसमा देखाइयो । यो लोकतन्त्र र गणतन्त्रकै उपहास हो ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077