Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संविधान पुनर्लेखन गरी जनताबाट निर्वाचित राष्ट्रप्रमुखको व्यवस्था गर्नुपर्छ : उपेन्द्र यादव

संविधान पुनर्लेखन गरी जनताबाट निर्वाचित राष्ट्रप्रमुखको व्यवस्था गर्नुपर्छ : उपेन्द्र यादव

सोमवार , आश्विन २७, २०८२

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुखको व्यवस्था अनिवार्य भएको बताएका छन् ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा सुरु भएको जसपाको एकताको प्रथम मधेस प्रदेश अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष यादवले अहिलेको राजनीतिक अस्थिरता अन्त्य गर्न संविधान पुनर्लेखन गरेर जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली आवश्यक रहेको धारणा व्यक्त गरे।

उनले भने-'जनताबाट निर्वाचित सरकार प्रमुख हुँदा राष्ट्रप्रमुख पुनः तानाशाह हुन सक्छ, तर जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुँदा सांसद किनबेचको खेल रोकिन्छ र देशमा स्थिरता कायम हुन्छ।'

यादवले वर्तमान निर्वाचन प्रणालीलाई ‘खिचडी प्रणाली’ भन्दै त्यसले स्थायित्व र प्रतिनिधित्व दुवैलाई कमजोर बनाएको टिप्पणी गरे। 'दुनियाँका ७१ देशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू छ, जहाँ उम्मेदवार वा दलले पैसा खर्च गरेर चुनाव लड्नुपर्ने बाध्यता हुँदैन,' उनले भने ।

बहुदलीय व्यवस्थापछिका ३५–३६ वर्षको शासनकालमा नेपाली कांग्रेस र कम्युनिष्ट दलले देशलाई पालैपालो लुटेको उनको आरोप छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077