Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेशको मुद्दामा बालेनको कुनै धारणा छैन, घण्टी हल्लाउँदैमा केही हुँदैन : उपेन्द्र यादव

मधेशको मुद्दामा बालेनको कुनै धारणा छैन, घण्टी हल्लाउँदैमा केही हुँदैन : उपेन्द्र यादव

सोमवार , फाल्गुण ११, २०८२

बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ सँग कुनै धारणा नरहेको आरोप लगाएका  छन् । 

जसपा नेपाल रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले मधेशी जनताको अधिकारको लडाइँ हुँदा बालेन कहाँ थिए ? भन्दै प्रश्न समेत गरेका छन् ।

पत्रकार सम्मेलनमा उनले भने–‘राष्ट्रिय राजनीतिमा पनि बालेनको कुनै धारणा सुनिदैन । वैचारिक स्पष्टता छैन, दर्शन के हो थाहा छैन, मुद्दा के हो थाहा छैन ।’

मधेशको मुद्दा बोक्ने, आदिवासी जनजाति, महिला, उत्पीडित वर्ग, महिला र राष्ट्रिय समस्यालाई बोक्ने पार्टी जसपा नेपाल नै भएको दावी गर्दै उनले भने–‘मधेशका जनताले तीनलाई राम्रोसँग बुझेका छन् । त्यसैले घण्टी हल्लाउँदैमा हल्लिनेवाला छैन । अलिकति सोसल मिडियाहरूमा अलि बढी घण्टी बज्या जस्तो छ । तर, यथार्थ ग्राउन्ड रियालिटी त्यस्तो देखिँदैन ।’

मधेशको समस्या, आदिवासी जनजाति, दलित, अल्पसंख्यको मुस्लिम, दलित, थारू, पिछडा वर्गको समस्या आज राष्ट्रिय समस्याहरू भएको उनले बताए । यसलाई समाधान गरे मात्र राष्ट्रिय एकता र विकासको गति अगाडि बढ्छ भन्ने आफूहरूको मान्यता रहेको उनले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077