Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

कंगोलाई स्तब्ध पार्दै इंग्ल्याण्ड अन्तिम १६ मा

कंगोलाई स्तब्ध पार्दै इंग्ल्याण्ड अन्तिम १६ मा

बिहिवार , आषाढ १८, २०८३

काठमाडौं । कप्तान ह्यारी केनको उत्कृष्ट पुनरागमन प्रदर्शनमा इंग्ल्याण्डले डीआर कंगोलाई २–१ ले पराजित गर्दै विश्वकप फुटबलको प्रिक्वाटरफाइनल (अन्तिम १६) मा स्थान सुरक्षित गरेको छ।

खेलको सुरुआतदेखि नै डीआर कंगोले इंग्ल्याण्डमाथि दबाब बनाएको थियो। त्यसको प्रतिफलस्वरूप सातौँ मिनेटमै ब्रायन सिपेंगाले गोल गर्दै डीआर कंगोलाई १–० को अग्रता दिलाए। पहिलो हाफभर इंग्ल्याण्डले बराबरी गोल गर्न सकेन।

दोस्रो हाफमा भने इंग्ल्याण्डले खेलमा प्रभावशाली पुनरागमन गर्‍यो। ७५औँ मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि ८६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले इंग्ल्याण्डलाई २–१ को अग्रता दिलाए।

थपिएको ६ मिनेटमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि इंग्ल्याण्डले महत्वपूर्ण जित दर्ता गर्दै अन्तिम १६ मा स्थान पक्का गर्‍यो।

अब इंग्ल्याण्डले क्वाटरफाइनल प्रवेशका लागि मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ । मेक्सिकोले इक्वेडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077