Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

अमेरिकाको बोस्नियामाथि शानदार जित, अन्तिम १६ मा प्रवेश

अमेरिकाको बोस्नियामाथि शानदार जित, अन्तिम १६ मा प्रवेश

बिहिवार , आषाढ १८, २०८३

काठमाडौं । आयोजक राष्ट्रमध्ये एक अमेरिकाले बोस्नियाहर्जगोभिनालाई २–० ले पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

१० खेलाडीमा सीमित भएपछि पनि अमेरिकाले प्रभावशाली प्रदर्शन गर्दै सहज जित निकालेको हो।

अमेरिकाका लागि फ्लोरियन बलुगनले पहिलो हाफको ४४औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले ३१औँ मिनेटमै बललाई जाली चुमाए पनि अफसाइडका कारण गोलले मान्यता पाएको थिएन।

दोस्रो हाफमा अमेरिकाले केही चुनौती सामना गर्नुपर्‍यो। ६४औँ मिनेटमा बलुगनले रातो कार्ड पाएपछि अमेरिका १० खेलाडीमा सीमित भयो।

त्यसपछि ७९औँ मिनेटमा क्रिस्टियन पुलिसिकको प्रहार गोलमा परिणत भए पनि अफसाइडका कारण उक्त गोल पनि रद्द गरियो।

तर खेलको ८१औँ मिनेटमा मलिक टिलम्यानले उत्कृष्ट गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाए। त्यसपछि बाँकी समयमा बोस्नियाहर्जगोभिनाले खेलमा फर्किने अवसर सिर्जना गर्न नसक्दा अमेरिका २–० को विजेता बन्यो ।

यस जितसँगै अमेरिका अन्तिम १६ मा पुगेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077