Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

मोरक्को विश्वकपको क्वार्टरफाइनलमा, सहआयोजक क्यानडाको यात्रा टुंगियो

मोरक्को विश्वकपको क्वार्टरफाइनलमा, सहआयोजक क्यानडाको यात्रा टुंगियो

आइतवार , आषाढ २१, २०८३

काठमाडौं । सहआयोजक राष्ट्र क्यानडाको विश्वकप यात्रा अन्तिम १६ चरणमै टुंगिएको छ। मोरोक्कोले उत्कृष्ट प्रदर्शन गर्दै क्यानडालाई ३–० ले पराजित गरी क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको पहिलो हाफ दुवै टोलीले गोल गर्न नसक्दा ०–० को बराबरीमा सकिएको थियो। तर दोस्रो हाफ सुरु भएलगत्तै मोरोक्कोले खेलमाथि पकड जमायो।

५०औँ मिनेटमा अकरफ हकिमीको सटीक पासमा अजेडिन ओनहायीले गोल गर्दै मोरोक्कोलाई अग्रता दिलाए। त्यसपछि ८२औँ मिनेटमा ओनहायीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

अतिरिक्त समयमा सुफियान रहिमीले अर्को गोल थपेपछि मोरोक्कोले ३–० को प्रभावशाली जित दर्ता गर्दै अन्तिम आठमा आफ्नो स्थान पक्का गर्‍यो।

यस जितसँगै मोरोक्कोले क्वाटरफाइनलमा फ्रान्ससँग भेट पक्का गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077