Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

धुर्बे हात्तीले घरमै पसेर लियो आमाछोराको ज्यान

धुर्बे हात्तीले घरमै पसेर लियो आमाछोराको ज्यान

आइतवार , आषाढ २१, २०८३

चितवन । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो ।

हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची घरमा आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो ।

वर्षौंदेखि स्थानीय बस्तीमा आतंक मच्चाउँदै आएको धुर्बेलाई समयमै नियन्त्रणमा लिन नसक्दा दुई निर्दोष नागरिकको ज्यान गएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077