Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

पाराग्वेलाई पराजित गर्दै फ्रान्स क्वाटरफाइनलमा

पाराग्वेलाई पराजित गर्दै फ्रान्स क्वाटरफाइनलमा

आइतवार , आषाढ २१, २०८३

काठमाडौं । केलियन एम्बाप्पेको निर्णायक गोलमा फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दै विश्वकप फुटबलको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले सुरुआती समयमा गोल गर्न सकेनन्। खेलको ६७औँ मिनेटमा फ्रान्सका डिजायर डुवोलाई पेनाल्टी क्षेत्रमा पाराग्वेका डिफेन्डरले लडाएपछि रेफ्रीले सुरुमा खेल जारी राखेका थिए। तर भीएआर समीक्षा पछि फाउल पुष्टि गर्दै फ्रान्सलाई पेनाल्टी प्रदान गरियो।

त्यसपछि ७०औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीलाई सहज रूपमा गोलमा परिणत गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसपछि फ्रान्सले आफ्नो अग्रता कायम राख्दै अन्तिम सिटीसम्म १–० को जित सुरक्षित गर्‍यो।

यस गोलसँगै जारी विश्वकपमा एम्बाप्पेको गोल संख्या सात पुगेको छ भने विश्वकप इतिहासमा उनको कुल गोल संख्या १९ पुगेको छ।

उनले १९ खेलमै १९ गोल गर्ने उल्लेखनीय उपलब्धि हासिल गरेका छन्। अब उनी अर्जेन्टिनाका लियोनल मेस्सीको विश्वकप गोल रेकर्डसँग बराबरी गर्न केवल एक गोल टाढा रहेका छन्।

फ्रान्सले अब सेमिफाइनल प्रवेशका लागि क्वाटरफाइनलमा मोरोक्कोसँग प्रतिस्पर्धा गर्नेछ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077