Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

एकै दिन १८१३ सवारी चालक ट्राफिक कारबाहीमा, ५ लाख २८ हजार राजस्व संकलन

एकै दिन १८१३ सवारी चालक ट्राफिक कारबाहीमा, ५ लाख २८ हजार राजस्व संकलन

आइतवार , आषाढ २१, २०८३

काठमाडौं । बितेका २४ घण्टामा एक हजार ८१३ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा पाँच लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको नौ, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०५, संकेत बत्ती उल्लंघनकर्ता ११९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो । 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडकपेटीमा ‘पार्किङ’ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ६५ र अन्य सवारी नियम पालना नगरेका एक हजार ११० जनालाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077