Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

सहआयोजक मेक्सिकोलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

सहआयोजक मेक्सिकोलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत अन्तिम–१६ को रोमाञ्चक खेलमा इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

मेक्सिकोको प्रतिष्ठित अज्टेका स्टेडियममा खराब मौसमका कारण निर्धारित समयभन्दा करिब एक घण्टा ढिला सुरु भएको खेलमा इंग्ल्यान्डले १० खेलाडीमा सीमित रहेर पनि उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम आठको यात्रा तय गर्‍यो।

इंग्ल्यान्डले पहिलो हाफमै २–१ को अग्रता बनाएको थियो। टोलीका लागि जुड बेलिङहमले दुई गोल गर्दै उत्कृष्ट सुरुआत दिलाए भने मेक्सिकोका जुलियन क्विनोनेसले एक गोल फर्काएका थिए।

दोस्रो हाफको ५४औँ मिनेटमा डिफेन्डर जारेल क्वान्साहले रातो कार्ड पाएपछि इंग्ल्यान्ड १० खेलाडीमा सीमित भयो। संख्यात्मक रूपमा कमजोर बने पनि इंग्ल्यान्डले संयमित खेल प्रदर्शन गर्‍यो।

खेलको ६०औँ मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई ३–१ को बलियो अग्रता दिलाए। त्यसपछि ६९औँ मिनेटमा मेक्सिकोका राहुल जिमिनेजले पनि पेनाल्टीमा गोल गर्दै अन्तर ३–२ मा झारे, तर त्यसपछि थप गोल हुन नसक्दा घरेलु टोली प्रतियोगिताबाट बाहिरियो।

१० खेलाडीमा रहेर पनि दबाब झेल्दै जित निकाल्न सफल इंग्ल्यान्ड अब सेमिफाइनल प्रवेशका लागि नर्वेसँग भिड्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077