Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

एनपीएल तेस्रो संस्करणको अक्सन आज, १५५ खेलाडी समावेश

एनपीएल तेस्रो संस्करणको अक्सन आज, १५५ खेलाडी समावेश

सोमवार , आषाढ २२, २०८३

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज आयोजना हुँदैछ। 

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुन् लागेको हो ।

क्यानका अनुसार एनपिएलका लागि कुल ३‌ बसय ४७ खेलाडीले नाम दर्ता गराएका थिए। 

त्यसबाट अक्सन का लागि १ सय ५५ खेलाडी छनोट भएका छन्। छनोट भएका खेलाडीमध्ये क्याटेगोरी ‘ए’ मा ५ जना, ‘बी’ मा २७ जना र ‘सी’ मा १२३ जना रहेका छन्।

अक्सनमार्फत विभिन्न फ्रेन्चाइज टोलीहरूले कुल ५२ खेलाडीलाई अनुबन्ध गर्नेछन्। 

क्यानका अनुसार तेस्रो संस्करणदेखि प्रतियोगिताको टोली संरचनामा पनि परिवर्तन गरिएको छ। 

अब प्रत्येक फ्रेन्चाइज टोलीमा थप दुई नेपाली खेलाडी समावेश गरिनेछ। यससँगै मार्की खेलाडी र ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीसमेत गरी प्रत्येक टोलीमा १४ जना नेपाली खेलाडी रहने व्यवस्था गरिएको छ।

एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, चितवन राइनोज, काठमान्डु गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।

अक्सनमा जनकपुर बोल्ट्ससँग खर्च गर्न सर्वाधिक ६६ लाख २५ हजार रुपैयाँको खर्च सीमा छ। काठमाडौं गोर्खाजसँग सबैभन्दा कम मात्र ३४ लाख रुपैयाँ बाँकी छ।

यसअघि एनपीएलको दोस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले जितेको थियो ।

त्यसअघि पहिलो संस्करणको भने सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले जितेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077