Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एनपीएल दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा, पहिलो पटक फ्लडलाइटमुनि खेलिँदै

एनपीएल दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा, पहिलो पटक फ्लडलाइटमुनि खेलिँदै

शनिवार , कार्तिक २९, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ।

नेपाली क्रिकेट संघ (क्यान)ले शनिबार पत्रकार सम्मेलनमार्फत मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको तयारी पूरा भएको जानकारी दिएको हो।

एनपीएल पहिलो पटक फ्लडलाइटमुनि हुनेछ। पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे-नाइट म्याच गराइएको क्यानका सचिव पारस खड्काले बताए।

एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि पहिलो संस्करणकै १ करोड १० लाख  कायम राखिएको छ। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो।

उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख पाएको थियो। यस सिजन पनि यी स्थानमा रहनेले यही अनुपातमा पुरस्कार पाउनेछन्।

एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन्। एनपीएलको उद्घाटन खेलमा  मंसिर १ गते  जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दैछन्। खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ।

साथै क्यानका सचिव पारस खड्काका अनुसार, सिजन-२ मा स्पोन्सर, टोली, टिकट तथा अन्य माध्यमबाट कुल ३५ करोड रुपैयाँभन्दा बढी उठ्ने अपेक्षा गरिएको छ । स्पोन्सरबाट करिब १५ करोड ३० लाख, आठ टोलीबाट ९ करोड, र टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ जुट्ने अनुमान गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077