Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एनपीएल- २: काठमाडौंले पहिला बलिङ गर्दै

एनपीएल- २: काठमाडौंले पहिला बलिङ गर्दै

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सको सामना काठमाडौं गोर्खाजले‌ गर्दैछ।

टस जितेर काठमाडौंले बलिङ निर्णय गर्दा सुदूरले ब्याटिङ गर्नेछ। काठमाडौंको कप्तानी करण केसीले सम्हालेका छन्।

सुदूरपश्चिम राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्र‌ सिंह ऐरीको कप्तानीमा रहेको छ।

एनपीएलमा सुदूरपश्चिमले पहिलो खेल खेल्न लागेको हो । काठमाण्डु भने दोस्रो जितको खोजीमा हुनेछ ।

करण को कप्तानीमा रहरको काठमाडौं भने लगातार दोस्रो जित निकाल्न चाहन्छ। काठमाडौंले पहिलो खेलमा जनकपुर रोयल्सलाई ५ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरिसकेको छ।

यसअघि काठमाडौंसँगै विराटनगर किङ्स र चितवन राइनोजले विजयी सुरुवात गरिसकेका छन्।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा यही मंसिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मंसिर २७ मा हुनेछ ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डौ गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् ।

प्रतियोगिताका विजेताले एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077