Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फाप डु प्लेसिसले विराटनगर किङ्सबाट एनपीएल खेल्ने

फाप डु प्लेसिसले विराटनगर किङ्सबाट एनपीएल खेल्ने

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं । दक्षिण अफ्रिकाका फाप डु प्लेसिसले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

विराटनगरले शुक्रबार सामाजिक सञ्जालमार्फत डू प्लेसिसलाई सार्वजनिक गरेको हो ।

दक्षिण अफ्रिकाका पूर्वकप्तानसमेत रहेका डू प्लेसिससँग विश्वभरका फ्रेन्चाइज क्रिकेट लिग खेलेको अनुभव छ । उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुबाट २०२२ देखि २०२४ सम्म प्रतिस्पर्धा गरेका थिए ।

४१ वर्षीय डु प्लेसिसले सन् २०११ देखि २०२२ सम्म दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट खेलेका थिए । उनले दक्षिण अफ्रिकाका लागि ६९ टेष्ट, १४३ एकदिवसीय र ५० टी-२०आई खेल खेलेका छन् ।टेष्टमा ४ हजार १६३, ओडिआईमा ५ हजार ५०७ र टी-२०आईमा १ हजार ५२८ रन बनाएका छन् । उनले टेष्टमा १० शतक र २१ अर्धशतक प्रहार गरेका छन् । ओडिआईमा १२ शतक र ३५ अर्धशतक तथा टी-२०आईमा एक शतक र १० अर्धशतक प्रहार गरेका छन् ।

सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरले यसअघि अस्ट्रेलियाका ब्याटर साम हिजलेट र स्कटल्यान्डका ब्याटर जर्ज मुन्सेलाई भित्र्याएको थियो ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना हुने तालिका छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077