Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

'लक्की ड्र'बाट चितवनको पोल्टामा परे विवेक

'लक्की ड्र'बाट चितवनको पोल्टामा परे विवेक

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक कुमार यादव चितवन राइनोजमा आबद्ध भएका छन् ।

क्याटगोरी ‘ए’ मा रहेका विवेकका लागि प्रतियोगिताको अधिकतम मूल्य १५ लाख रुपैयाँमा चार टोलीले बोली लगाएका थिए ।

जनकपुर बोल्ट्स, कर्णाली याक्स, विराटनगर किंग्स र चितवन राइनोजले समान १५ लाख रुपैयाँको बोली लगाएपछि उनको टिम छनोट लक्की ड्रमार्फत गरिएको थियो।

लक्की ड्रको नतिजाअनुसार विवेक चितवन राइनोजमा आबद्ध भएका हुन्।

विवेक दोस्रो संस्करणअघि प्रशिक्षणका क्रममा घाइते भएका कारण अघिल्लो एनपीएल खेल्नबाट वञ्चित भएका थिए। लामो समयपछि उनी अब तेस्रो संस्करणमार्फत एनपीएलमा पुनरागमन गर्ने भएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077