काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको उपाधि विजेता लुम्बिनी लायन्सलाई बधाई दिएका छन् ।
राष्ट्रपति पौडेलले जितलगत्तै आफ्नो आधिकारिक ट्विटर एकाउन्टमार्फत लुम्बिनी लायन्सलाई बधाई दिएका हुन् ।
'नेपाल प्रिमियर लिग (एनपीएल) विजेता लुम्बिनी लायन्सलाई बधाई,' राष्ट्रपति पौडेलले भनेका छन्, 'खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि उपविजेता, सम्पूर्ण टिम, खेलाडी, प्रशिक्षक, आयोजक र खेलप्रेमी सबैलाई विशेष धन्यवाद ।'