काठमाडौं । नेपाल प्रिमियर लिग सिजन-२ को उत्कृष्ट खेलाडी रोहित पौडेल बनेका छन् ।
योसँगै उनले उत्कृष्ट खेलाडीलाई पुरस्कारको रुपमा छुट्याइएको कार विजेता टोली लुम्बिनी लायन्सका कप्तान पौडेलले पाएका हुन् ।
उत्कृष्ट खेलाडी घोषित हुँदै पौडेलले ओमोडा ई ५ एसयूभी जिते । नेपाली बजारमा यो कारको मूल्य ६१ लाख ९९ हजार छ ।
उनले प्रतियोगिताका १० खेलमा बलिङतर्फ १० विकेट र ब्याटिङतर्फ २६७ रन बनाएका छन् ।