Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

अश्लील इसारा गरेपछि रोनाल्डोलाई १० हजार रियाल जरिवाना

एजेन्सी । साउदी क्लब अल नासरका कप्तान क्रिस्टियानो रोनाल्डोमाथि साउदी अरबको लिगमा एक खेलको प्रतिबन्ध लगाइएको छ।

दर्शकमाथि अश्लित इसारा गरेको भन्दै रोनाल्डोमाथि एक खेलको प्रतिबन्ध लगाइएको हो । अल नासर र अल–सबाबबीचको खेलका क्रममा उनले दर्शकतिर फर्केर अश्लील इसारा गरेका थिए।

उनले स्टार खेलाडी लियोनल मेसीलाई जोडेर अश्लील इसारा गरेपछि एक खेलको प्रतिबन्ध लगाइएको हो ।

विपक्षी समर्थकले रोनाल्डोविरुद्ध मेस्सीको नारा लगाएपछि भड्किएका रोनाल्डोले अस्वभाविक हर्कत गरेको भन्दै उनलाई एक खेल प्रतिबन्ध लगाईएको जनाइएको छ ।

रोनाल्डोले अस्वाभाविक इसारा गरेपछि अल–सबाबका समर्थकले रोनाल्डोलाई तत्काल कारबाही गर्नपर्ने माग गरेका थिए ।

रोनाल्डोको हर्कत लाजमर्दो भएको भन्दै साउदी फुटबल महासंघको अनुशासन तथा आचरण समितिले रोनाल्डोलाई एक खेल प्रतिबन्ध गर्नुको साथै उनलाई १० हजार साउदी रियाल जरिवाना समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077