Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

रोनाल्डो बने सन् २०२३ को सर्वाधिक गोलकर्ता

एजेन्सी । साउदी क्लब अल-नासरका कप्तान क्रिस्टियानो रोनाल्डो सन् २०२३ का सर्वाधिक गोलकर्ता बनेका छन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी केलियन एम्बाप्पेलाई पछि पार्दै रोनाल्डो सन् २०२३ का सर्वाधिक गोलकर्ता बनेका हुन् ।

साउदी प्रो लिगअन्तर्गत अल-तावुनविरुद्ध खेलमा एक गोल गरेसँगै ३८ वर्षीय रोनाल्डोले सन् २०२३ मा आफ्नो गोल संख्या ५४ पुर्‍याए। रोनाल्डोले वर्षको ५४ औँ गोल गरेको खेलमा अल नासरले अल-तावुन ४-१ गोलअन्तरले पराजित गरेको थियो ।

रोनाल्डो यसअघि सन् २०११, २०१३, २०१४ र २०१५ मा पनि वर्षको सर्वाधिक गोलकर्ता बनेका थिए । रोनाल्डोपछि सर्वाधिक गोलकर्ताको सूचीमा पीएसजीका स्टार खेलाडी एम्बाप्पे र इंग्ल्यान्ड तथा जर्मन क्लब बायर्न म्युनिखका ह्यारी केन छन् ।

एम्बाप्पे र केनले समान ५२-५२ गोल गरेका छन् । सर्वाधिक गोलकर्ताको तेस्रो नम्बरमा भने म्यानचेस्टर सिटीका स्टार खेलाडी एर्लिङ हालान्ड छन् । हालान्डले सन् २०२३ मा ५० गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077