काठमाडौं । अर्जेन्टिनाका सुपरस्टार लियोनेल मेसीले फिफा विश्वकप–२०२६ मा पहिलो पटक ह्याट्रिक गरेका छन् । अल्जेरियाविरुद्ध जारी समूह ‘जे’ को खेलमा उनले तीन गोल गर्दै ह्याट्रिक गरेका हुन् ।
मेसीले खेलको पहिलो हाफको १६औँ मिनेटमा पहिलो गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफको ५८औँ मिनेटमा अर्को गोल थप्दै उनले दबाब बढाए। खेलको ७६औँ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे।
यो ह्याट्रिकसँगै मेसीको विश्वकप फाइनल चरणमा कुल गोल संख्या १६ पुगेको छ। यससँगै उनले जर्मनीका मिरोस्लाभ क्लोजको सर्वाधिक १६ गोलको कीर्तिमानसँग बराबरी गरेका छन्।
अब मेसी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्न केवल एक कदम टाढा रहेका छन्।