Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महँगो टिकट तिरेर आएका समर्थकहरूले मेसीलाई नदेखेपछि हंगामा, मुख्यमन्त्रीले मागिन् माफी

महँगो टिकट तिरेर आएका समर्थकहरूले मेसीलाई नदेखेपछि हंगामा, मुख्यमन्त्रीले मागिन् माफी

शनिवार , मंसिर २७, २०८२

एजेन्सी। फुटबल लिजेन्ड लियोनेल मेसीको कोलकाता भ्रमण गम्भीर अव्यवस्थामा परिणत भएको छ।

अर्जेन्टिनाका विश्वकप विजेता कप्तान मेसी बहुप्रतिक्षित ‘जीओएटी टुर २०२५’ का लागी आज मात्रै भारतको कोलकाता पुगेका थिए ।

शनिबार बिहान साल्ट लेक रंगशालामा मेसीको मात्रै २२ मिनेटको छोटो उपस्थिती भएपछि समर्थकहरूले उनलाई नजिकबाट देख्न नपाउँदा सुरक्षा घेरा तोड्ने र स्ट्यान्डबीचको गेट भत्काउने प्रयास गरेका थिए।

मेसी स्टेडियममा पुग्दा हजारौं प्रशंसकहरूले उनलाई हेर्न खोजे तर, भीड अत्यधिक भएकाले मेसीलाई भिआइपी र सुरक्षाकर्मीहरूले घेरेका थिए, जसले गर्दा ग्यालरीमा बसेका दर्शकहरूले उनलाई राम्रोसँग देख्न पाएनन् ।

मेसीले छोटो समयमै स्टेडियमको ल्याप अफ अनर सुरु गरे पनि सुरक्षा कारणले कार्यक्रम सक्काएर १०–२० मिनेटमै बाहिरिएका थिए । यो देखेर प्रशंसकहरू आक्रोशित भएका थिए ।

समर्थकहरुले मेसीको झलक पाउन १२ हजार रुपैयाँ तिरेको तर देख्न नपाएको भन्दै आक्रोश व्यक्त गरेको बताएका छन्।

केही प्रशंसकहरूले आयोजकको खराब व्यवस्थापनको आरोप लगाएका छन् ।

यो घटनापछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मेसी र प्रशंसकहरूसँग माफी मागिन् । उनले सामाजिक सञ्जालमा लेखिन्- 'साल्ट लेक स्टेडियममा भएको खराब व्यवस्थापनले म स्तब्ध र दुखी छु । मेसी र सबै खेलप्रेमीहरूसँग माफी माग्छु ।'

यो मेसीको भारत भ्रमण १४ वर्षपछिको हो । सन् २०११ मा पनि उनले कोलकाताको साल्ट लेक स्टेडियममा अर्जेन्टिना र भेनेजुएलाबीचको मैत्रीपूर्ण खेल खेलेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077