Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दुई घण्टा ढिलोगरी सुरु भयो प्रतिनिधिसभा बैठक, विपक्षीको अवरोध कायमै

दुई घण्टा ढिलोगरी सुरु भयो प्रतिनिधिसभा बैठक, विपक्षीको अवरोध कायमै

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अहिले सुरु भएको छ । 

प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'ले सीमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले अभिव्यक्ति नसच्याएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान छ ।

सोही कारण दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक ३ बजे सुरु भएको हो ।

तर दुई घण्टा ढिलोगरी सुरु भएको बैठकमा पनि सोही विषयलाई लिएर विपक्षी दलहरू उठेर विरोध गरिरहेका छन् ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने लगायतका कार्यसूची छ ।बैठकको मुख्य एजेन्डाका रूपमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको छलफल रहनेछ। कार्यसूची अनुसार माननीय अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। 

अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरेसँगै सदनमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथि सामान्य छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077