Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम फिर्ता

शनिवार , आषाढ १३, २०८३

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारी संस्थाका १५८ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ

समितिका अनुसार समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकमबाट पहिलो चरणमा साना बचतकर्तालाई रकम फिर्ता गरिएको हो।

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।

समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ ।

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया क्रमिक रूपमा अघि बढिरहेको जनाउँदै समितिले ऋण असुलीको प्रगति बढ्दै गएसँगै थप बचतकर्तालाई पनि भुक्तानी गरिने जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077