Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

मेक्सिकोमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

मेक्सिकोमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिवार , श्रावण २, २०८३

एजेन्सी । मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । देशको दक्षिणी प्रशान्त महासागरीय किनार र ग्वाटेमालाको सीमा क्षेत्रमा गएराति ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार भूकम्पको धक्का मेक्सिको सिटीदेखि अल साल्भाडोरसम्म महसुस गरिएको थियो ।

शक्तिशाली धक्काका बाबजुद कुनै पनि देशमा ठूलो क्षति वा मानवीय क्षतिको विवरण प्राप्त नभएको बीबीसीले जनाएको छ, यद्यपि दक्षिणी मेक्सिकोमा दुई जना घाइते भएको समाचारमा उल्लेख छ । 

भूकम्पलगत्तै अमेरिकी सुनामी चेतावनी प्रणाली र मेक्सिकोको नौसेनाले प्रशान्त महासागरीय तटीय क्षेत्रमा खतरनाक सुनामीको लहर आउन सक्ने चेतावनी दिएका थिए ।

पछि सुनामीको खतरा टरेको घोषणा गरिए पनि तटीय क्षेत्रका बासिन्दाहरूलाई चनाखो रहन र सतर्कता अपनाउन भनिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077