Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ग्यास सिलिन्डर विस्फोट हुँदा एक युवकको मृत्यु

ग्यास सिलिन्डर विस्फोट हुँदा एक युवकको मृत्यु

आइतवार , माघ ११, २०८२

बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६, रुपदलापुरमा ग्यास सिलिन्डर विष्फोट हुँदा एकजना युवकको मृत्यु भएको छ ।

ओडवलिया चोकस्थित रामसरण ग्रिल उद्योगमा काम गरिरहेका २८ वर्षीय गोविन्द विश्वकर्मा ग्यास सिलिन्डर पड्किँदा गम्भीर घाइते भएका थिए ।

उपचारका लागि भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक धनबहादुर रावलका अनुसार फलाम काट्न प्रयोग गरिने ग्यास सिलिन्डर अचानक विष्फोट भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077