Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

दुबईमा अलपत्र काभ्रेकी युवती घर फर्किइन्, नक्कली एनआरएनएले ठग्दा सक्कलीले गर्‍यो उद्धार

दुबईमा अलपत्र काभ्रेकी युवती घर फर्किइन्, नक्कली एनआरएनएले ठग्दा सक्कलीले गर्‍यो उद्धार

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । वैदेशिक रोजगारीका लागि यूएई पुगेकी रमिता रमतेल २२ महिनापछि अनेकौँ पीडा, ठगी र मानसिक यातना भोग्दै अन्ततः स्वदेश फर्किएकी छन् ।

काभ्रेपलाञ्चोककी रमिता घरेलु कामदारका रूपमा दुबई पुगेकी थिइन् । तर, घर मालिकबाट सहन नसकिने मानसिक यातना पाएपछि उनी बाध्य भएर घरबाट भागेकी थिइन् ।

घरबाट निस्किएपछि तीन दिनसम्म खुला आकाशमुनि भोकभोकै बसेकी उनलाई सहयोग गर्ने बहानामा केही व्यक्तिहरूले सम्पर्क गरेका थिए । ती व्यक्तिहरूले आफूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि भन्दै नेपाल फर्काइदिने आश्वासन दिएका थिए ।

तर, उनीहरूले रमिताको परिवारबाट १ लाख ४० हजार रुपैयाँ असुल्दै झन्डै १९ महिनासम्म झुलाएर राखेको एनआरएनएका केन्द्रीय उपाध्यक्ष मनोज श्रेष्ठ गोर्खालीले जानकारी दिए ।

ठगहरूले नक्कली टिकट र कागजात बनाएर पटक–पटक एयरपोर्टसम्म पुर्‍याउने र फर्काउने गर्दै उनलाई थप मानसिक तनाव दिएका थिए। यस अवधिमा रमिता न घरको न घाटको अवस्थामा पुगेकी थिइन् ।

लामो समयसम्म ठगीको जालमा परेकी उनी अन्ततः वास्तविक एनआरएनए यूएईको सम्पर्कमा पुगेकी थिइन्।

त्यसपछि एनआरएनए यूएईले सक्रियता देखाउँदै मात्र ११ दिनभित्र उनको सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी सुरक्षित रूपमा नेपाल फर्काएको छ। उनलाई एनआरएनएका केन्द्रीय उपाध्य गोर्खालीको पहलमा उद्धार गरिएको हो ।

रमिताको उद्धारमा एनआरएनए युएईका अध्यक्ष भीम मल्ल ठकुरी, सचिव सबिन योन्जन, सदस्य विजय श्रेष्ठ र सिन्धुपाल्चोक तामाङ समाजका महासचिव राम तामाङगायतको विशेष भूमिका रहेको जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077